eNepal

मेल्बर्नमा गठन भयो अमेजीङ पेरेन्ट्स नामक संस्था, अध्यक्षमा सङ्गीता तिमील्सिना

अटिजम र अन्य विशेष आवश्यकता भएका बालबालिकाहरुका अभिभावकहरूद्वारा मेल्बर्नमा अमेजीङ पेरेन्ट्स नामक संस्था गठन गरिएको छ।बौद्धिक अपाङ्गताबाट प्रभावित बालबालिकाहरूको लागि सञ्चार र सामाजिक सीप विकास गर्ने प्रक्रियालाई मद्दत र सहजीकरण गर्ने लक्ष्य साथ यो संस्था खोलीएको हो। 

नवगठीत संस्थाका पदाधिकारीहरुमा अध्यक्षमा सङ्गीता तिमील्सिना, उपाध्यक्षमा सन्तोष पाण्डे, सचिवमा प्रकाश रानाभाट क्षेत्री, सहसचीवमा बिनोद आचार्य, कोषाध्यक्षमा दिपक पाण्डे, कार्यकारी सदस्यहरुमा सुजन भारती, दिपा खनाल,विमल अर्याल र कृष्ण पौडेल रहनु भएको छ।

यस संस्थाले उपयुक्त वातावरण अनुकुल बिभीन्न अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरेर बालबालिकाको सामाजिक सीपको विकास र सुधारमा ध्यान राख्ने  उद्देश्य रहेको संस्थाकी अध्यक्ष संगीता तिमील्सिनाले जानकारी गराउनु भयो। हाम्रो मुख्य लक्ष्य भनेको आफ्नो जीवनको कठिन यात्राबाट गुज्रिरहेका सबै अभिभावक र उनीहरूका परिवारहरूसँग मिलेर हिँड्नु हो । 

अमेजीङ पेरेन्ट्सले आफ्नो पहिलो औपचारीक कार्यक्रम आउँदो डिसेम्बर ११  अपरान्ह चारबजे 70 Wheatsheaf Road, Glenroy मा बालबच्चाहरुको लागि क्रिसमस पाटी आयोजना गर्दैछ।

त्यस्तै हिजो स्पिच थेरापी सम्बन्धित बिशेष जानकारी मुलुक भर्चअल कार्यक्रम सम्पन्न गरेको छ। दुई घण्टाको जूम कार्यक्रमको अतिथीका रुपमा स्पीच प्याथोलिगस्ट MS. Elyse Duggan रहेकी थिइन्।सो कार्यक्रममा नेपाल, अमेरीका लगाएत अष्ट्रेलियाका बिभीन्न शहरबाट अभिभावकहरु जोडीनु भएको थियो।

संस्थाले हरेक दुई हप्ताको आइतबार जूम मार्फत जानकारी सत्र चलाउँदै आएका छ।थप जानकारीको लागि यो पेजलाई फलो गर्नु होला।

https://m.facebook.com/amazingprnts/

निकट भविस्यमा संस्थाले अटिजम र डेभ्लपमेन्ट डिसअडरका बारे मानिसहरूलाई सचेत गराउन विभिन्न कार्यशालाहरू र कार्यक्रमहरू सञ्चालन गर्दैछ।मानसिक र सामाजिक कल्याणको बारेमा अभिभावकहरूको लागि समेत छुट्टै प्रशिक्षण कार्यक्रम र परामर्श सञ्चालन गर्ने आयोजना रहेको छ।त्यस्तै विशेष आवश्यकता भएका बच्चाहरूलाई हुर्काउने आमाबाबुका अनुभवहरू साटासाट गर्ने अन्तरक्रियात्मक कार्यक्रम गर्ने लक्ष्य संस्थाले लिएको छ। संस्था आर्थीक रुपमा सवल भए पछि बच्चाहरूको लागि पाक्षिक रुपमा इनडोर शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal