eNepal

एनआरएनएको निर्वाचन आगामी डिसेम्बर १५ तारिखमा गर्ने घोषणा

गैर आवासीय नेपाली संघको निर्वाचन आगामी डिसेम्बर १५ तारिखमा गर्ने घोषणा गरिएको छ । संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा गर्नु भएको हो ।  संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गर्ने घोषणा गरिएको छ ।

एनआरएनएको निर्वाचन अनलाईनमार्फत र महाधिवेशन काठमाडौमा भौतिक रुपमा गरिने तय गरिएको जनाइएको छ ।  गत महिना तय गरिएको गैर आवासीय नेपाली संघको १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएसँगै स्थगन भएको थियो ।

अध्यक्ष पन्तले जारी गरिएको विज्ञप्तिमा भनीएको छ, ‘संघले प्रस्तुत गरेको मार्गचित्रमा मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ ।’

विश्वभरि फैलिएका गैर आवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल गरिएको जनाइएको छ ।

‘केहि समय अगाडि म समेत संलग्न भएको बार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनीभूत छलफल भएको थियो । संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको थियो’, अध्यक्ष पन्तले जारी गर्नु भएको विज्ञप्तिमा भनीएको छ ।

महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई आजै बुझाईने समेत जारी विज्ञप्तिमा उल्लेख छ । साथै संघको निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह समेत गरिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal