eNepal

एनटिएसए टेबल टेनिस च्याम्पियनसिप सम्पन्न, एकल तर्फ बाजी मारे सुजन र डोल्माले

नेप्लीज तास्मानिया स्पोर्ट्स एशोसिएसनको आयोजनामा तास्मानिया राज्यको ग्लेनोर्चीमा गत साता NTSA टेबल टेनिस च्याम्पियनसिप २०२१ को सिजन २ सम्पन भएको छ। 

प्रतियोगीतामा पुरुष एकल तर्फ सुजन थापाले बाजी मारे भने उपविजेता सन्दिप भट्ट बने। त्यस्तै महिला एकल तर्फकी बिजेता डोल्मा शेर्पा बनीन् भने रनर अप रेखा कोइरालाले जितीन्। ओपन डबल तर्फका बिजेता सुजन थापा र लोक थापा बने भने ओपन डबलको फस्ट रनर अप हरि गोतामे र अभिषेक माल्ली बने।

विजेता र उपविजेतालाई क्रमश नगद $२०० र $१०० को ब्यबस्था गरिएको थियो भने साथमा पदक प्रमाणपत्रबाट सम्मानित गरिएको थियो।  

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई अध्यक्ष प्रेशेश पौड्यालले धन्यवाद दिएका थिए भने उपाध्यक्ष रविन भट्टराईले सबैलाई स्वागत गर्दै खेलकुदलाई सहयोग गर्न समुदायलाई आग्रह गरेका थिए। सचिव सुरज श्रेष्ठ र कोषाध्यक्ष भोला श्रेष्ठले खेलको सुरुदेखि पर्यवेक्षण गरेका थिए ।

कार्यक्रमको संचालन क्लवका जनसम्पर्क अधिकारी विष्णु सापकोटाले गरेका थिए।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal