भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ८६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ८७ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ४८ हजार १ सय ४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ ।
त्यसैगरी हालसम्म ८६ हजार १ सय १८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४७ लाख ७१ हजार ७ सय ३४ पुगेको छ

