eNepal

न्याभ मल्टीकल्चरल सकर टुर्नामेन्ट भोली, सेमी र फाइनलमा गोल हान्नेलाई नगदको व्यबस्था

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले  रोयल वेस्टर्न क्लब र भिक्टोरीयन बहुसाँस्कृतिक आयोगसँगको सहकार्यमा भोलीबाट दोश्रो न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता आयोजना गर्ने भएको छ। रिचार्ड रिजर्भ कोबर्ग, 34 Charles Street, Coburg हुने प्रतियोगितामा नेपाली र अन्य समुदायका क्लवहरु गरेर बार्ह क्लवले प्रतिस्पर्धा गर्ने भएका छन्।

दोस्रो न्याभ टुर्नामेन्टमा रोयल वेस्टर्न क्लव, यती फुटबल क्लव, एभरेस्ट युनाइटेड क्लव, रेन्जर्स, हिमालयन फुटबल क्लव, एसियन फुटबल क्लव, अल्बियोन थन्डर्स, द हिमालयन टाइगर्स, कुयोङ्ग युनाइटेड, मेल्बर्न लाबासा एफ ए र डिडि एफ सीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता बारेमा जानकारी गराउने हेतु ले गएको बुधबार हंग्री आइ फ्युजन एण्ड बार रेष्टुरेन्टमा पत्रकार सम्मेलन गराइएको थियो। 

पत्रकार सम्मेलनको भिडीयो हेर्न यहाँ क्लिक गर्नु होला

https://fb.watch/9dYm-LTRHc/

मल्टि डायनामिकले सेमी-फाइनल र फाइनल खेलमा गोल गर्ने खेलाडीलाई प्रति गोल ५० डलर र ह्याट्रिक गर्ने खेलाडीलाई २ सय डलर पुरस्कारको घोषणा गरेको छ। 

टुर्नामेन्टलाई मल्टि डायनामिकले मूख्य प्रायोजन गरेको छ भने एपीबी पार्टनर्स सह-प्रायोजकको रुपमा रहेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal