eNepal

लन्चेस्टनमा देउसी खेलेर उठाइयो $५७००, सामाजिक तथा खेलकुद गतिविधिमा खर्च गरिने

तिहारको शुभ अवसर पारेर लन्चेस्टन नेपाली सकर क्लबले लन्सेस्टनमा बसोबास गर्ने नेपाली समुदायसँग परम्परागत देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। 

लक्ष्मी पुजाबाट तिन दिन सम्म खेलीएको देउसी भैलो कार्यक्रम लन्चेस्टनको बिभीन्न भुभागमा बसेका नेपाली समुदाएलाई समेटिने गरि ६ ठाउँमा खेलेको क्लवका अध्यक्ष सन्तोष आचार्यले जानकारी गराउनु भयो। प्रत्येक घरमा जान सम्भव नभएपछि सबैलाई पाएक पर्ने ठाउँ छनोट गरी त्यस क्षेत्र आसपास बसोबास गर्ने सबैलाई आमन्त्रित गरेर देउसी खेलीएको थियो।

लन्सेस्टनमा बस्दै आएका मुना रिजाल, सन्ध्या सिग्देल, रोशना खनाल, राधा न्यौपाने, रुपा गुरुङ, अरुणा थापाको नृत्य समुहले नेपाली परम्परागत भेषभुषामा परम्परागत देउसी भैलो गीतमा नृत्य प्रस्तुत गरेका थिए भने ज्ञानेन्द्र गौतम, जनमसिंह ठकुरी, रामकृष्ण कार्की, राकेश थापाले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

नवराज दार्लामीको नेतृत्वमा परम्परागत वाद्यवाधन सहितको देउसी कार्यक्रमको मुख्य आकर्षण रहेको थियो भने एनआरएनए अष्ट्रेलियाका साँस्कृतिक दूत मित्र गुरुङले विभिन्न परम्परागत देउसी गीत र परम्परागत नेपाली लोकगीत प्रस्तुत गरेका थिए। गुरुङ तस्मानियामा नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्ने लोकप्रिय व्यक्तित्वका रुपमा चिरपरिचीत छन्।

 

 

यस वर्षको देउसी भैलोमा प्रत्यक्ष दोहोरी समेत समावेश गरीएको थियो जहाँ राजा राम लामिछानेले गाएका विशिष्ट परम्परागत दोहोरीलाई नेपालको राष्ट्रिय टेलिभिजनले समेत कभरेज गरेको थियो।

तिन दिन सम्म खेलीएको परम्परागत देउसी कार्यक्रमबाट क्लबले ५७०० डलरभन्दा बढी रकम सङ्कलन गरेको र उक्त रकम  सामाजिक कल्याणका साथसाथै लन्चेस्टन र तास्मानीया वरपरका खेलकुद गतिविधिमा खर्च गरिने क्लबका कोषाध्यक्ष मुक्ति सापकोटाका बताए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal