eNepal

दोश्रो न्याभ मल्टिकल्चरल सकर टुर्नामेन्ट हुँदै

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले  रोयल वेस्टर्न क्लब र भिक्टोरीयन बहुसाँस्कृतिक आयोगसँगको सहकार्यलाई निरन्तरता दिदै दोश्रो न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता आयोजना गर्ने भएको छ। रिचार्ड रिजर्भ कोबर्ग, 34 Charles Street, Coburg मा यहि १३ र १४ नोभेम्बरको दिन हुने सो प्रतियोगितामा नेपाली र अन्य समुदायका क्लवहरुले प्रतिस्पर्धा गर्ने भएका छन्।  

रोयल वेस्टर्न क्लव, यती फुटबल क्लव, एभरेस्ट युनाइटेड क्लव, रेन्जर्स, हिमालयन फुटबल क्लव, एसियन फुटबल क्लव, अल्बियोन थन्डर्स, द हिमालयन टाइगर्स, कुयोङ्ग युनाइटेड, मेल्बर्न लाबासा एफ ए र डिडि एफ सीले सहभागीता जनाउने यस प्रतियोगितालाई भिक्टोरीया राज्य सरकार भिक्टोरीयन बहुसाँस्कृतिक आयोगबाट अनुदान सहयोग प्राप्त भएको छ।

खेलमा पहिलो र दोश्रो हुने समुहलाई ट्रफीको व्यबस्था गरिएको छ भने राम्रो प्रदर्शन गर्ने खेलाडीको लागि नगदको व्यबस्था गरिएको रोयल वेस्टर्न क्लवका उपाध्यक्ष रोशन दाहालले जानकारी गराउनु भयो। के कती नगद राशी रहेको छ भन्ने बारे भोली हुने पत्रकार सम्मेलनमा खुलासा गर्ने बताउनु भएको छ।

खेलकुदको माध्यमबाट भिक्टोरियामा रहेका विभिन्न समुदाय बिच साँस्कृतिक सद्भाव बढाउने उदेश्यका साथ आयोजना गरिएको प्रतीयोगितालाई आउने दिनमा पनि निरन्तरता दिदै अगाडी लैजाने न्याभका उपाध्यक्ष एवम् यस प्रतियोगिताका संयोजक प्रेम राज उप्रेती बताउनु हुन्छ।नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले वार्षिक रुपमा बिभिन्न खेल्कुदको गतिबिधि मार्फत बिशेष गरी विद्यार्थी र बालबालिकाको लागि लक्षित् गरी बिभीन्न खेलकुदका कार्यक्रम गर्दै आईरहेको छ ।

यस प्रतियोगितालाई मल्टी डाइनामिकले मुख्य प्रायोजन गरेको छ भने एपिबी पाट्नर्सले सहप्रायोजन गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal