अष्ट्रेलियाको तास्मानियामा बसोवास गर्ने नेपाली समुदायमा खेलकुदको विकाससँगै खेल मार्फत मानिसमा शारीरिक, सामाजिक, मानसिक सुधार गर्ने अभिप्रायका साथ खोलीएको नेप्लिज तास्मानिया स्पोर्ट्स एसोसिएसनले एनटिएसए टेबल टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ।
पुरुष ओपन एकल, महिला ओपन एकल र ओपन डबल गरी तीन समूहमा हुने टेबल टेनिस प्रतियोगितामा विजेताले २ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् भने रनरअपले १ सय डलर पुरस्कार राशी प्राप्त गर्ने छन्।
प्रतियोगिता आगामी १३ नोभेम्बरमा 8 Constance, Glenorchy, TAS 7010 मा हुनेछ भने उक्त कार्यक्रमलाई नेपाली सोसाइटी अफ तास्मानिया र एनआरएनए अष्ट्रेलिया तास्मनियाको पनि साथ रहेको छ।

