eNepal

न्यूजिल्याण्डमा आजबाट इच्छा मृत्यु सम्बन्धी कानुन लागू

न्युजिल्याण्डमा मृत्युसम्बन्धी नयाँ कानून बनेको छ । आजदेखि न्युजिल्याण्डमा निश्चित व्यक्तिले इच्छा मृत्यु रोज्न पाउने कानून लागु भएको छ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जनमत संग्रहको कदर गर्दै यस्तो नियम लागू गरेको हो । १८ वर्ष पुगेका कुनै पनि व्यक्तिलाई निको नहुने खालका रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने भएको मापदण्ड बनाएको हो । त्यसका लागि भने कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गर्नु पर्ने छ ।

न्युजिल्याण्डले गत अक्टोबरमा यसका लागि जनमत संग्रह गरेको थियो । सो जनमत संग्रहमा ६५.१ प्रतिशत मत यसको पक्षमा खसेको थियो । बहुमतका साथ उक्त कानुन पास भएको थियो। इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

न्युजिल्याण्डबाहेक पनि अन्य राष्ट्रमा यस्तो कानून लागू गरिसकेको छ । स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकहरूले इच्छा मृत्युका लागि फरक–फरक मापदण्ड बनाएका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal