eNepal

मेलबर्नमा ॐ ध्वनी उच्चारणका साथ म्ह: पूजा, मन्दिर र नेपाली स्कूलका लागि देउसी भैलो सम्पन्न

भब्य रुपमा मनाउने तयारीका बिपरित अस्ट्रेलियाको भिक्टोरिया सरकारले कोभिड अवस्थाका कारण कायम गरेको नियमभित्र रहेर मनाउनुपर्ने बाध्यताका कारण बिगत छ बर्षदेखि बिभिन्न किसिमले मनाउँदै आएको म्ह: पूजालाई थोरैको उपस्थितिमा तर ॐ ध्वनी उच्चारणका साथ शुरु गरेर फरक र बिशेष रुपमा मेलबर्नमा निरन्तरता दिइएको छ ।     

कार्यक्रममा सहभागी सबैलाई ७९ बर्षिया दिल कुमारी श्रेष्ठले म्ह: पूजामा गरिने परंपरागत बिधि अनुसारको पूजा गर्दै सगुन दिनु भएको थियो । 

दिदी-बहिनी समाज भिक्टोरियाकी अध्यक्ष डाः जमुना पराजुलीले सानो छँदा नेवार समुदायसंगको निकटताका कारण रमाइलोका लागि मनाइने यो परंपरागत पर्बको महत्व पनि बुझेको र संभवत ध्यानप्रतिको विस्वास, संलग्नता र आकर्षणका कारण ॐकार उच्चारणको क्रममा संभवत सामूहिक ध्यानको प्रभावका कारण कम्पन र छुट्टै किसिमको आनन्दानुभूतिको महसूस भएको बताइन ।

म्ह: पूजाको सार र गहन पक्ष आत्मा पूजाको अहिलेको विस्वमा बढ्दो आकर्षण ध्यानसंग तादात्म्यता रहेको भन्दै दिदी-बहिनी समाज भिक्टोरियाकी उपाध्यक्ष प्रभा देबी श्रेष्ठले मेल्टन सिटी काउन्सिलको सहयोगमा मेल्टन नेपलिज कम्युनिटिसंगको सहकार्यमा दिदी-बहिनी समाज भिक्टोरिया आइन्ट्री युनिटद्धारा आयोजित म्ह: पूजालाई दिदी-बहिनी समाज भिक्टोरियाले आगामी दिन ‘सिग्नेचर प्रोग्राम’ को रुपमा पनि मनाउन सकिने संभावनातर्फ इंगित गरिन ।

देउसी भैलो कार्यक्रममा पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी मेलबर्नमा बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि गठित अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्यले संस्थाको उद्धेस्य प्राप्तीमा भएका प्रगति र गतिबिधिका बारेमा जानकारी गराए । 

देउसी भैलोबाट उठेको ५०% रकम अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरलाई उपलब्ध गराउने उद्धेस्य अनुरुप देउसी भैलोबाट उठेको ५०% रकम ७०५ र सिनियर सिटिजनको भ्रमणबाट उठेको ३१७ गरी जम्मा १०२३ डलर दिदी-बहिनी समाज भिक्टोरियाको मेलबर्न वेस्टकी संयोजक रोशनी श्रेष्ठले अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्षले राजेश आचार्यलाई हस्तान्तरण गरिन् भने एक जनाले १०१ डलर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन । देउसी भैलोबाट उठेको ५०% रकम मेलबर्न वेष्टमा खोलिने नेपाली स्कूलको लागि प्रयोग गरिनेछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal