eNepal

अस्ट्रेलीयाको बिभीन्न राज्यमा यो बर्षको लक्ष्मी पूजा र भाईटिकाको साइत यस्तो छ

यस वर्षको भाइटीकाको साइत मेल्बर्नको समय अनुसार ६ नोभेम्बर शनिवार बिहान ११:३६ मा रहेको नेपाल हिन्दु समाज अस्ट्रेलीयाले जनाएको छ। त्यस्तै लक्ष्मी पूजाको साइत बिहीबार साँझ ८:५२ मा रहेको छ।

सिड्नीमा भाई टिकाको साइत बिहान ११:५१, ब्रिसबेनमा ११:२३, एडीलेडमा बिहान ११:५६, क्यान्बेरामा ११:५३, तास्मानियामा ११:२७, पर्थमा १२:१० र डार्विनमा १२:०५ मा रहेको छ। त्यस्तै सिड्नीमा लक्ष्मी पूजाको साईत साँझ ८:१८, ब्रिसबेनमा ०८:०८, एडीलेडमा ०८:४१, क्यान्बेरामा ०८: २९, तास्मानियामा ०८:५५, पर्थमा ०७:३६ र डार्विनमा ०७:३४ मा रहेको छ।

बुधबारबाट यमपञ्चक शुरु हुँदैछ ।  नोभेम्बर २, कार्तिक १६ गते, मंगलवार  यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्ती रहेको छ। नोभेम्बर ३, बुधवार –  काकबली (काग तिहार) कुकुरतिहार नरकचतुर्दशी रहेको छ । 

त्यस्तै,  नोभेम्बर ४, विहिवार लक्ष्मीपूजा, दीपमालिका,  सुखरात्रि, नोभेम्बर ५ शुक्रवार गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने सं ११४२  प्रारम्भ हुने दिन रहेको छ भने नोभेम्बर ६ शनिवार यमद्वितीया भाइटीका ,किजापूजा रहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal