eNepal

सन्देशमुलक देउसी भैलो कार्यक्रम गर्दै गुल्मी समाज भिक्टोरीया

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले शुभ दिपावलीको अवसर पारेर देउसी भैलो कार्यक्रम सञ्चालन गर्न भएको छ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आउँदो सोमबार अर्थात नोभेम्बर १ तारिकमा एक दिने देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

देउसी भैलो कार्यक्रममा हाल अष्ट्रेलियाका विभिन्न स्थानहरुमा पेशा,व्यवसाय र रोजगारी गदै आउनु भएका नेपालीहरुको सहभागिता हुने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । विशेष गरि देउँसी भैलो कार्यक्रमले नेपालको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनमा सहयोग पुर्याउनुका साथै नँया पुस्तालाई कला संस्कृती सिको गर्न थप बल पुग्ने र नेपालीहरु एक आपसमा आपसी सद्भाव कायम राख्ने,तिहार पर्वको रमाइलो र दुःख सुख साटासाट गर्न थप बल पुग्ने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । साथै अध्यक्ष भट्टराईले भन्नुभयो, देउँसी भैलो कार्यक्रममा कोभिड १९ को सक्रंमणबाट बच्न र बचाउन खोप लगाउनु पर्ने कुराहरु देउँसी भैलोको गित मार्फत स्वास्थ्यसँग सम्वन्धित सन्देशमुलक देउसी भैलो कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

देउँसी भैलो कार्यक्रम अष्ट्रेलियाको मेलवर्नको पाम्स रेष्टुरेण्टमा सञ्चालन हुने जनाइएको छ ।देउसी भैलो कार्यक्रममा कलाकारहरु दिपक सापकोटा,लक्षमण सापकोटा,टंक कंडेल, हरि खरेल, लाल सिँह,दोर्ण केसी,रक्षा भण्डारी,सुवास घिमिरे लगायतको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका साँस्कृतिक कलाकारहरुको टोलीद्धारा देउसी भैलो प्रस्तुती रहने जनाएइको छ ।त्सस्तै देउसी भैलो कार्यक्रमलाई इनेपालका मनोज पौडेल र इलाइट इभेन्टले सहयोग पुर्याउनु भएको कार्यक्रम मेल्बर्नको समय अनुसार १ बजेबाट ४:३० बजेसम्म सञ्चालन हुने जनाएइको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal