eNepal

एनआरएनए भिक्टोरीयाले सामुदायसँग अन्तरक्रिया कार्यक्रम गर्दै

एनआरएनए भिक्टोरियाले नेपाली समूदायसँग आगामी दिनमा गर्ने कार्यहरुका विषयमा अन्तरक्रिया आयोजना गर्ने भएको छ। एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय समितिको आयोजनामा हुन लागेको अन्तरक्रिया कार्यक्रम भर्चुअल माध्यमबाट यही शनिवार साँझ साढे ६ बजे हुन लागेको हो। स्थानिय समुदाय, संघसंस्था र व्यक्तिहरुसंग छलफल गरी समुदाएमा भएका चासो र गुनासो, विचारविमर्ष लगाएत एनआरएनएले गर्नुपर्ने कामका प्राथमिकताहरु संकलन गरिने एनआरएनए भिक्टोरिया राज्य संयोजक हरि खड्काले जानकारी गराउनु भयो।

आउने दिनमा दोश्रो पुस्ताका लागि के कस्ता गतिबिधीहरु गर्न सकिन्छ, नेपाली भाषा, कला र संस्कृतिको प्रबर्दन लगाएत चाडपर्वमा एनआरएनको भूमिका के हुनुपर्छ ? नेपाली व्यापार र व्यबसायका साथसाथै  खेलकुदलाई कसरी प्रबर्धन कसरी गर्न सकिन्छ भन्ने बारे समुदाएसँग छलफल गरिने संयोजक खड्काले बताउनु भयो।

एनआरएन भिक्टोरियाको नयाँ कार्यसमिति गठन भएपछिको यो नै पहिलो सामुदायिक कार्यक्रम हो।

Join Zoom Meeting

https://us02web.zoom.us/j/86746567148?pwd=TGRFWHBDSk1SNTZXYTdFMkNvOXJ3dz09

Meeting ID: 867 4656 7148
Passcode: 626134

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal