दुबै खोप लगाइएका अष्ट्रेलियालीहरूलाई सोमबारदेखि मुलुक बाहिर जानको लागि गृह मामिला विभागमा आवेदन दिनु नपर्ने भएको छ। १८ महिना पछि पहिलो पटक प्रमुख यात्रा प्रतिबन्धहरू हटाउँदै स्वास्थ्य मन्त्री ग्रेग हन्टले नोभेम्बर १ बाट अप्रतिबंधित आउटबाउन्ड यात्रामा हस्ताक्षर गरेकी छिन्।
गृह मामिला मन्त्री करेन एन्ड्रयूजले यात्रा छुट खारेज गर्ने निर्णय अष्ट्रेलियाको बढ्दो खोप दर र संघीय सरकारको पुन: खोल्ने योजना अनुरूप भएको बताउनु भयो। हाम्रो पहिलो प्राथमिकता अष्ट्रेलियाली नागरिक र स्थायी बासिन्दा हो। पूर्ण खोप लगाएका अस्ट्रेलियालीहरूलाई अस्ट्रेलियाबाट बाहिर यात्रा गर्ने प्रतिबन्धहरू हटाएको जानकारी गराउँछौ।
https://twitter.com/cokeefe9/status/1453087762198917120?s=20
त्यस्तै एन्ड्रयूजले यो वर्षको अन्त्य सम्ममा पूर्ण खोप पाएका दक्ष आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्ने तयारी गरिरहेको बताएकी छिन्।
प्रधानमन्त्री स्कट मोरिसनले पूर्ण खोप लगाएका अस्ट्रेलियालीहरूका लागि अर्को महिनादेखि अन्तर्राष्ट्रिय यात्रा सुचारु हुने पुष्टि गरी सकेका छन्।

