eNepal

अस्ट्रेलीयाको पिआर र नागरिकता हुनेले आफ्नो आमाबाबु बोलाउन मिल्ने

गएको शुक्रवार सङ्घीय गृह मामिला मन्त्री क्यारेन एन्ड्रुजले एक विज्ञप्ति जारी गर्दै अब अस्ट्रेलियालीहरुले आफ्ना आमाबाबुहरूका निम्ति यात्रा छुटका लागि आवेदन खुल्ला भएको जानकारी दिएकी छिन्।

आगामी नोभेम्बर १ तारिखदेखि अस्ट्रेलियाका पिआरधारी र अस्ट्रेलीयन नागरिकता लिएका अभिभावकहरुले प्रवेशका लागि छुट सम्बन्धी आवेदन दिन सक्नेछन्।

प्रधानमन्त्री मोरिसनले पत्रकार सम्मेलन मार्फत अस्ट्रेलियालीहरूका विदेशमा रहेका अभिभावकलाई अत्यन्त नजिकका नातेदारका रूपमा परिभाषित गर्दै भेटघाट र पुर्नमिलनको बाटो खुल्ला गराएको जानकारी दिएका हुन्।

सरकारी निर्णयसगै यसै हप्तादेखि गृह मामिला मन्त्रालयको ट्राभल एक्जेम्सन पोर्टलमा गएर अभिभावकले यात्रा छुटका लागि दर्खास्त हाल्ने सुविधा उपलब्ध छ। आवेदन दिँदा अभिभावकले अस्ट्रेलियाको नागरिकता वा पिआर लिएका आफ्ना वयस्क सन्तानसँगको नाता खुल्ने प्रमाण पनि बुझाउनुपर्ने छ। 

https://covid19.homeaffairs.gov.au/immediate-family-australian-citizens-or-permanent-residents-or-new-zealand-citizens-usually-resident-australia

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal