eNepal

तास्मानियाको नेपाली क्रिकेट क्लब काठमाडौँ वारियर्सको अफिसियल जर्सी सार्वजनिक

तास्मानियामा उदाउँदै गरेका क्रिकेट क्लबहरूमध्ये काठमाडौँ वारियर्स पनि एक नेपाली क्लब हो । काठमाडौँ वारियर्सले गत साल अर्थात् २०२०/२१ सिजनको इन्टरकल्चरल स्पोर्टस् लिग (आइसिएसएल) पनि खेलेको थियो ।

नयाँ र उदाउँदै गरेको टीम भएता पनि उक्त प्रतियोगितामा आइसिएसएल खेल्नु उक्त टीमको लागि सहज भने थिएन । तर पनि क्लबको मर्यादा र सान राख्दै क्लबले उत्कृष्ट प्रदर्शन गरेको काठमाडौँ वारियर्स यस सिजनको होबार्ट च्याम्पिन्स लिग खेलिरहेको छ ।

क्लबको कप्तानको जिम्मेवारी दिवस रेग्मीले पाएका छन् । उनको कप्तानीमा काठमाडौ वारियर्सले तासी बेंगल टाइगर्समाथि जित निकाली सकेको छ । उक्त जितबाट टिमले थप उर्जा र उत्साह बटुलेको छ । क्लबले यो सिजनको प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास गरेको छ ।

होबार्ट च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिता खेलिरहेको काठमाडौँ वारियर्सको अफिसियल जर्सीलाई एस स्टडि वर्ल्ड होबार्टले प्रायोजन गरेको छ ।

शनिबार एक कार्यक्रमका बीच क्लबको यस सिजनको जर्सी सार्वजनिक गरिएको छ । काठमाडौं वारियर्सको यस सिजनको जर्सी ‘एस स्टडि वर्ल्ड होबार्ट’ले प्रायोजन गरेको छ । 

काठमाडौं वारियर्सले जर्सी प्रायोजनामा ठूलो भूमिका निर्वाह गरेका खगेन्द्र सत्याललाई विशेष धन्यवाद ज्ञापन समेत गरेको छ । सत्याल तास्मानियामा हुने विभिन्न खेलकुद जन्य गतिविधिमा संलग्न भइरहेका छन् । एस स्टडि वर्ल्ड होबार्टका निर्देशक खगेन्द्र सत्यालका अनसार यस संस्थाले अष्ट्रेलियामा रहेर विभिन्न शैक्षिक परामर्श दिइरहेका छन् ।

त्यसैगरी, काठमाडौं वारियर्सलाई गोर्खा फुटवेयर, मुनलाइट नेप्लीज एण्ड इण्डियन ग्रोसरी स्टोर, इगल ड्राइभिङ मन्त्र र हिमालयन फुड कर्नरको प्रायोजन रहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal