भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७२ हजार ८ सय ५८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २३ हजार १ सय ६४ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २७ लाख २० हजार ९ सय ९५ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ५१ हजार ४३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३९ हजार १ सय २६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४३ लाख ८९ हजार २ सय ३ पुगेको छ ।
लकडाउन हटेको पहिलो दिन हिजो २१८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो १६ जनाको निधन भएको थियो। सोहि अवधि भर ७७ हजार ३६ जनाको कोरोना परीक्षण गरिएको थियो भने सक्रिय संक्रमितको संख्या २३ हजार २ सय ३० रहेको थियो।

