eNepal

दशैंको बेलामा पनि हामी राहत बितरणमा अहोरात्र खटी रह्यौं: जिएनए अध्यक्ष निरज करनजित

जिलोङ नेप्लिज एशोसिएसनले बिगत ९ वर्ष देखी भब्य रुपमा दशैं लगाएत तिहार, तीज, होली, नयाँ वर्ष जस्ता बिभिन्न कार्यक्रमहरु जनमानसको बाक्लो उपस्थितीमा मनाउँदै आइरहेको छ। कोरोना महामारीको कारण यो बर्ष भने पूर्व घोषणा गरिएका सम्पूर्ण कार्यक्रमलाई स्थगीत गर्नु परेको थियो।

तर पनि नेपालको कला, सँस्कृती,भाषा र भेषभुषाको संरक्षण गर्न र चलिआएको परम्परालाई काएम राख्न जिलोङ आसपास रहनु भएका नेपालीहरुले भिक्टोरीयन सरकारले जारी गरेको लकडाउनको नियमलाई पालना गर्दै आआफ्नो घरमा नै बसेर दशै मनाएका छन्

यसपालीको दशैमा जिएनएले भौतिक रुपमा कार्यक्रम गर्न नसकेपनि धेरै जना स्वमसेवी साथीहरुले दशैको पनि परबाह नगरी सेवा प्रदान गरे। भिक्टोरीया सरकारको Priority Response to Multicultural Community (PRMC ) अन्तर्गत प्राप्त सहयोग मार्फत ७१ घरधुरीमा राहत वितरणमा गरिएको जिएनएका अध्यक्ष निरज करनजितले जानकारी गराउनु भयो। यो राहतबाट प्रत्यक्ष रुपमा २५० देखी ३०० व्यक्तिहरुले लाभान्वित हुनु भएको छ । 

जिलोङ नेप्लिज एशोसिएसनले छिट्टैनै बिभिन्न कार्यक्रमहरु ल्याउदै छ । अबका ४ महिनाका कार्यक्रम अन्तर्गत Walk for Well being and Mental Health, नजिकीदै गरेको तिहारको अबसरमा देउसी भैलो, जिएनए १० औ वार्षिकोत्सवका साथै पानी सुरक्षा सम्बन्धी बिशेष सचेतनात्मक कार्यक्रम रहेका छन्।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal