eNepal

मेल्बर्नमा बिहीबार रातीबाट लकडाउन हट्दै, १० जना सम्म घरमा आउन मिल्ने

राज्यका १६ बर्ष उमेर माथिका व्यक्तिहरुलाई पूर्ण रुपमा खोप लगाउने लक्ष्यका साथ मेलबर्न शहर र क्षेत्रीय भिक्टोरियाका केही भागहरु बिहीबार राती ११:५९ बाट लकडाउन हटँने भिक्टोरीयाका प्रिमीयर डानियल एन्ड्रियजले आजको पत्रकार सम्मेलनमा जनाएका छन्।

पाँच मिलियन भिक्टोरियनहरुले पहिलो डोज लगाएका छन् भने बिहीबार सम्ममा ७०% ले डबल डोज लगाउने अपेक्षा गरिएको छ।

यो सँगै महानगरीय मेलबोर्नमा लगाइएको कर्फ्यू र १५ किलोमिटर यात्राको दायरा हट्नेछ भने मेलबोर्न र क्षेत्रीय भिक्टोरिया बीच यात्रा प्रतिबन्ध कायम रहनेछ।

भिक्टोरियाका मुख्य स्वास्थ्य अधिकारीले जनाए अनुसार बिहीबार २१ अक्टूबर राती ११:५९ बाट निम्न परिवर्तन हुनेछन्

मेल्बोर्नका बाहिरी स्थलहरुमा सन्चालित क्याफेहरु, सिनेमाघरहरु र पूलहरुमा ५० जना सम्म राख्न मिल्नेछ भने भित्री स्थानहरुमा सन्चालित क्याफे र रेस्टुरेन्टहरुमा २० जना सम्म घनत्व सीमाको आधारमा राख्न मिल्नेछ।

दुबै क्षेत्रीय भिक्टोरियन र महानगरीय मेल्बोर्न मा प्रति दिन १० जना (आश्रित सहित) सम्म  घरमा आउन मिल्नेछ।

क्षेत्रीय भिक्टोरियाका सबै बिद्यार्थीहरु अक्टुबर २२ बाट पूर्ण समय स्कूल जान पाउने छन् भने मेलबोर्नमा पनि कक्षाहरु एक हप्ता अगाडी सारिएको छ।

विवाह र अन्त्येष्टि कार्यक्रममा बाहिर ५० र घर भित्र २० जना, घनत्व सीमा को आधारमा सहभागीता जनाउन सक्नेछन्।

क्षेत्रीय भिक्टोरियामा २० बाट १०० सम्म पुर्णरुपमा खोप लगाएका मानिसहरु रेस्टुरेन्टहरु, क्याफेहरु र जिमहरु जान पाउने छन्।

प्रिमीयर एन्ड्रुजले भनेका छन् हाम्रो रोडम्याप ८० % डबल डोज हो र यसको लक्ष्यमा नोभेम्बरको पहिलो हप्तामा पुग्ने छौं।

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal