eNepal

फाइनलमा नेपाललाई पराजित गर्दै भारत बन्यो आठौं पटक साफ च्याम्पियनसिपको विजेता

हिजो राती भएको फाइनलमा नेपाललाई ३-० गोलको नतिजामा पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार भएको १३औं संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपालले पहिलो हाफमा भारतलाई गोल गर्नबाट रोकेको थियो ।

तर, दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले एक मिनेट नबित्दै दुई गोल खायो । ४९‍औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै ५०औं मिनेटमा सुरेश वाङ्जामले अर्को गोल थप्दै भारतको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफमा लगातार गोलका लागि आक्रमण गरेको भारतका लागि तेस्रो गोल सहाल समादले इन्जुरी समयमा गरेका थिए ।

पहिलो हाफमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि स्पष्ट मौका भने सिर्जन गर्सन सफल भएका थिएनन् । दोस्रो हाफमा भने भारतीय आक्रमणसामु नेपाल सम्हालिन नसक्दा उपाधि नजिक पुगेर पनि च्याम्पियन बन्न सकेन ।

समूह चरणका दुई खेलमा पहेँलो कार्डको सामना गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र फरवार्ड अञ्जन विष्ट भने स्ट्यान्डमा बसेर आजको खेल हेरेका थिए । नेपालमा आफ्नो सम्मान नभएका कारण रुष्ट देखिएका अब्दुल्लाहले आफ्नो नेतृत्वमा यो खेल नै अन्तिम हुने र नेपाल नफर्किने घोषणा गरिसकेका छन् ।

प्रतियोगिताको सदाबहार दाबेदार मानिए पनि अन्डर डग्स रहेको नेपाल १३औं संस्करणमा पहिलो पटक फाइनल पुगेको थियो । पहिलो पटक नेपालको प्रशिक्षकको रूपमा सार्वजनिक हुँदै अब्दुल्लाहले नेपाललाई फाइनल पुर्याउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए ।

उनले अन्तत: त्यो वाचा पूरा गरेर नेपाली टोलीको नेतृत्व छाड्ने निर्णय गरेका हुन् । अक्टोबर १ देखि सुरु भएको साफको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १-० को सनसनीपूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको थियो ।

तेस्रो खेलमा भारतसँग १-० ले पराजित भए पनि अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले पहिलो पटक फाइनलमा पुगेको हो । नेपालले भारतलाई पछिल्लो ८ वर्षयता हराउन सकेको छैन ।

प्रतियोगिताको तयारी स्वरुप गत महिना नेपालमा खेलका दुई मैत्रीपूर्ण खेलमा नेपालले एक हार र एक बराबरीको नतिजा निकालेको थियो ।

भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । यसअघि भारत १९९३, ९७, ९९, २००५, २००९, २०११ र २०१५ मा साफ च्याम्पियन बनेको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal