भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २२९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ८२ हजार ७ सय ६२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २० हजार ५ सय ५ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २० लाख ३७ हजार ५ सय ४१ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३६ हजार ७ सय ४६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ६ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४० लाख ४६ हजार ४ सय ७१ पुगेको छ ।

