eNepal

अष्ट्रेलियन नेपाली सिनीयर सिटीजनहरुले दशैं शुभकामना आदनप्रदान गर्दै मनाए दशैं

अष्ट्रेलियन नेपाली सिनीयर सिटीजन सोसाइटी (ANSCS) ले नेपालीहरुको महान चाड बढा दशैंको अवसर पारेर भर्चुअल शुभकामना आदनप्रदान साँझ सफलतापूर्वक सम्पन्न गरेको छ। अस्ट्रेलियन मल्टिकल्चरल कम्युनिटी सर्भिसेज (AMCS) र मोरलेण्ड सिटी काउन्सीलको सहयोगमा आयोजना गरिएको कार्यक्रममा डा. दिपकराज पन्त द्वारा पुजापाठ लगाएत दशैं सम्बन्धी प्रबचन गरिएको थियो।

अष्ट्रेलियन नेपाली सिनीयर सिटीजन सोसाइटी अध्यक्ष डा.सुभद्रा झाले जूममा जोडिनु भएका सबैलाई स्वागत गर्दै दशैको शुभकामना दिनु भएको थियो।

कार्यक्रममा भिक्टोरियन सरकारको प्रतिनिधीत्व गर्दै माननीय एमपी नेटली हचिन्सले दशैको शुभकामना दिएकी थिइन्।

भर्चुअल शुभकामना आदनप्रदान साँझमा भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जन, फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियन अष्ट्रेलिया (FeNCAA) का अध्यक्ष कृष्ण हमाल, न्युसाउथवेल्सबाट समाजसेवी एबम् अग्रज समुदाए सदस्य नारायण प्रधान र ईन्दिरा बम्, क्विन्सल्याण्डबाट राजन कोइराला, एडीलेडबाट दिपक बिस्ट, वेस्टर्न अष्ट्रेलियाबाट यादव शर्मा, भिक्टोरीयावाट मोहन लिम्बु,जोग लिम्बु , बम योन्जन जोडिनु भएको थियो।उहाँहरु सबैले छोटो मन्तव्य राख्दै दशैको शुभकामना आदन प्रदान गर्नु भएको थियो।

उक्त कार्यक्रममा दक्षिण एशियाली समुदाय लिंक समूह (SACLG) का अध्यक्ष डा.राजु अधिकारी, नेप्लिज एसोसिएसन अफ भिक्टोरीया (NAV) का अध्यक्ष राम गुरुङ, फेन्काको भिक्टोरीया कोअडीनेटर भोला गिरी, एनएए न्युसाउथवेल्सका अध्यक्ष मधु पुडासैनी, दिदीबहिनी समाज भिक्टोरीयाकी अध्यक्ष जमुना पराजुली लगाएतको सहभागीता रहेको थियो।

कार्यक्रमलाई रिता पन्त, अम्रीता गुरुङ र सुजता श्रेष्ठले मिलेर सन्चालन गरेका थिए भने सुजता श्रेष्ठको समुहद्वारा बिशेष साँस्कृतीक प्रस्तुती देखाईएको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal