eNepal

आज विश्व मानसिक स्वास्थ्य दिवस, एएनपिएलले भर्चुअल बिशेष कार्यक्रम गर्दै

विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । हरेक बर्ष बिभीन्न नाराको साथमा मनाइदै आएको मानसिक स्वास्थ्य दिवसको यस बर्षको स्लोगन ‘Mental health care for all: let’s make it a reality’ भन्ने रहेको छ।

सन् २०१४ देखि अस्ट्रेलीयाको नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिमका अलावा सडक तथा पैदल यात्री सुरक्षा, बाइक शिक्षा प्रशिक्षण, पानी सुरक्षा, घर र कार सुरक्षा परियोजना सम्बन्धी बिभीन्न नवीन कार्यक्रमका तालिम संचालन गर्दै आएको अस्ट्रेलिया नेपाल पब्लिक लिंकले (ANPL) ले विश्व मानसिक स्वास्थ्य दिवशको अबसर पारेर आज १० अक्टोबर आइतबार साँझ ६ बजे देखी ७:३० बजे सम्म एक बिशेष कार्यक्रमको आयोजना गर्दैछ।

भर्चुअल माध्यमबाट सन्चालन गरिने यस कार्यक्रममा नेपाली समुदाय भित्र मानसिक स्वास्थ्यबाट निको हुनुभएका व्यक्तिहरुको अनुभव सुन्न पाइनेछ भने अस्ट्रेलियन सरकारका Dignitaries साथै मानसिक स्वास्थ्य विज्ञहरूको सहभागीता रहने छ। 

कार्यक्रममा माननीय संघीय मन्त्री डेभिड कोलम्यानले विशेष सम्बोधन गर्नुहुनेछ। कोलम्यान मानसिक स्वास्थ्य तथा आत्महत्या निरुत्साहन विभागका लागि प्रधानमन्त्रीको सहायक मन्त्रीको रुपमा कार्यरत हुनुहुन्छ। त्यसैगरी, राज्य मन्त्री ल्युक डोनेलन, विल्स भिक्टोरियाका सदस्य तथा माननीय एमपी पिटर खलिल, माननीय पिटर प्रिमरोज, अष्ट्रेलियाका लागी कार्यवाहक नेपाली राजदूत द्रुपदा सापकोटाले समेत कार्यक्रममा सम्बोधन गर्नुहुनेछ।

कार्यक्रममा नेपालीहरूको मानसिक स्वास्थ्य अवस्था साथै यसबारे उनीहरूको बुझाइका बारेमा वेस्टर्न सिड्नी युनिभर्सिटी र एएनपीएलको संयुक्त पहलमा गरिएको अनुसन्धानको रिपोर्ट प्रस्तुत गरिने तथा कार्यक्रमको थप प्रभावकारीताका लागि सहभागीहरुसंग अन्तरक्रिया सेसन समेत राखिएको अध्यक्ष गौलीले जानकारी गराउनुभएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal