eNepal

यूकेको रेड लिष्टबाट नेपाल पनि हट्यो

अन्तराष्ट्रिय यात्राका लागि विभिन्न प्रतिवन्धहरुसहित बेलायत सरकारले लागू गरेको रेड लिष्टको सूचीबाट नेपालसंगै अन्य ४६ देश हटेका छन् ।  

बिहीबार बेलायत सरकारले जम्मा ७ मुलुकलाई मात्रै रेड लिष्टमा राख्दै अन्य सबै मुलुकलाई रेड लिष्टबाट हटाएको हो ।  

आउंदो सोमबार बिहान ४ बजेदेखि यो परिवर्तन लागू हुनेछ । अब ७ वटामा सिमित पारिएका रेड लिष्ट मुलुकहरुमा कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी छन् ।  

रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन् ।

रेड लिष्टमा रहंदा यूकेका नागरिक र यहाँकै रेसिडेन्स पर्मिट हुनेलाई मात्र खुला राखिएको बेलायतमा अब भने पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् । 

दशैँको मुखमा नेपाल रेड लिष्टबाट बाहिरिएपछि चाडपर्वमा नेपाल जानेहरुलाई राहत हुने भएको छ । त्यस्तै, इन्टेकको शुरुमा बेलायत आइपुग्नै पर्ने अवस्थाका विद्यार्थीहरुलाई पनि चर्को शुल्कसहितको होटेल क्वारेन्टिनबाट मुक्ति मिल्नेछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal