हिन्दू नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । दशैको आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
मेल्बर्नको समय अनुसार घटस्थापनाको शुभ साइत बिहान ६:४७ बजे रहेको थियो।घटस्थापनादेखि नियमित रुपले दश दिनसम्म बडादशैंको कर्म चल्छ ।
हाल बिश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न भिक्टोरीया राज्यले एक अर्कासंग भेटघाट कम गर्न र सामाजिक दुरी कायम राख्न प्रोत्साहन गरिरहेको अवस्थालाई मध्य नजर लगाउँदै अष्ट्रेलिया नेपाली बहु-साँस्कृतिक केन्द्र (ANMC) ले ह्युम सिटी काउन्सिलको सहयोगमा अक्टोवर ७ देखि अक्टोवर १३ सम्म नवरात्री भरि मेल्बर्नमा रहनु भएका पण्डीतहरुबाट भर्चुअल माध्यम जुम प्रविधीबाट हरेक बिहान पुजा, अर्चना, दुर्गा पुजा, चण्डी पाठ र आरतीको कार्यक्रम आयोजना गरि रहेको छ।
प्रात:कालिन पूजा, आराधना र आरतीको कार्यक्रम अक्टोवर ७ देखि अक्टोवर १३ सम्म बिहान ६ बजे ८ बजे सम्म र हरेक साँझ ६ बजे देखि ६:३० बजे सम्म हुनेछ भने विजयादशमीको दिन बिहान ६ बजेबाट ५ बजे सम्म हुनेछ।

