भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४८८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७१ हजार २ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ११ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ११ लाख ७० हजार ४ सय २६ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २६ हजार ६ सय ५६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ८ सय ७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३६ लाख ४ हजार ७ सय ७४ पुगेको छ ।

