eNepal

नेपाली सोसाइटी अफ तास्मानियाले भेट्यो मन्त्री अलिस आचरलाई, गरिन् सहयोग गर्ने प्रतिबद्दता

तास्मानिया राज्यमा बसोबास गर्ने नेपालीहरुको हकहितको क्षेत्रमा काम गर्दै आएको नेपाली सोसाइटी अफ तास्मानियाले  तस्मानिया सरकारको न्याय, कार्यस्थल सुरक्षा, उपभोक्ता मामिला तथा कला मन्त्री अलिस आचरसँग भेट गरेको छ ।

भेटका क्रममा बहुसांस्कृतिक समुदायका लागि सरकारले थुपै अनुदान दिने गरेपनि ती समुदायका संघसंस्थाहरु एकजुट हुन नसक्दा अनुदान लिने कार्य नै प्रभावित हुने गरेको मन्त्री आचरले बताएको सोसाइटीका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी दिए ।

नेपाली पाठशाला, साना व्यवसाय तथा नव आप्रवासीका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको सोसाइटीका अध्यक्ष सत्यालले जानकारी दिए ।

भेटका क्रममा मन्त्री आचारले नेपाली समुदायलाई कोरोना खोप बारे जनचेतना जगाउन समेत आग्रह गरेकी थिइन् । सोसाइटीले होबार्टमा अक्टोबर ९ र १० तारिखमा दशै फुटवल कपका लागि अतिथीका रुपमा निम्तो दिन अध्यक्ष खगेन्द्र सत्याल, उपाध्यक्ष मेघना रावत, सचिव बसन्त घिमिरे लगाएत सदस्यहरु विष्णु सापकोटा र गायत्री पाण्डे मन्त्री आचरलाई भेट्न पुगेका हुन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal