भिक्टोरिया सरकारको Priority Response to Multicultural Community (PRMC ) अन्तर्गत प्राप्त सहयोगमार्फत मेल्बर्न नेप्लिज कम्युनिटी वेस्ट (MNCWest) ले कोभिड-१९ को असरबाट बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्नका लागि खाध्यान्न राहत सामाग्री बितरण गर्ने भएको छ।
कोभिडको कारणले अल्पकालीनरुपका आर्थिक अभाव भएका व्यक्ति र परिवारहरुलाई दैनिक उपभोग्य सामग्री चामल, दाल, तेल, चाउचाउ, चिउरा लगायतका सामग्रीहरु वितरण गरिने छ।सो राहत वितरण कार्यक्रमको संयोजन एमएनसी वेस्टका अध्यक्ष शंकर थापाले गर्नु भएको थियो।
पहिलो चरणको कार्यक्रममा १०० जनालाई राहत बितरणको योजना बनाइको छ। यसको लागि तपाईले यो लिङ्कमा गएर आफ्नो विवरण भर्नु पर्ने हुन्छ।
हाल समुदाएका केही कोभीड सङक्रमण भएका व्यक्तिहरु सम्पर्कमा रहनु भएको छ र वहाँहरुलाई तत्कालका लागि राहत सामाग्रीको व्यबस्था गरिएको अध्यक्ष थापाले बताउनु भयो।उहाँले भन्नु भयो यदि तपाईहरुको समुदाएमा कोरोना माहामारीको कारण काम गुमाएका, दैनीक गुजारा चलाउन गार्हो भएका कोही हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न लगाइ दिनु होस्। हामी वहाँहरुलाई खाध्यन्न सामाग्रीको व्यबस्था गर्छौ।
महामारीले निम्त्याएको संकटपूर्ण अवस्थामा कुनै पनि स्वार्थबाट माथि उठेर काम गुमाएका या आर्थीक अभावले दैनिक उपभोग्य बस्तुहरुबाट बन्चित भएका बिशेष गरेर अन्तर्ररास्ट्रिय बिधार्थीहरुको सम्मान र हौसला र सहयोगको लागि समाजबाट भएका यस्तो सहयोग प्रशंसनीय छ। यसबाट स्थानीय समुदायमा नेपालीहरुप्रतिको सम्मान बढाउने मात्र नभइ समुदायबीचको सम्बन्ध बिस्तारमा पनि टेवा पुर्याउने समेत अपेक्षा गर्न सकिन्छ ।

