भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६१ हजार ३ सय २२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ९० रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ९ लाख ८० हजार ७ सय २४ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २४ हजार ८ सय ६५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार २८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ३४ लाख ९७ हजार ८ सय ६ पुगेको छ ।

