eNepal

वरिष्ठ गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुंगेलको ‘मुक्तकको कथा’ कार्यक्रम शुरु

“चोट के हो ब्यथा के हो “, ” जति चोट दिन्छौ देउ मायालु “, “फुल झरे पनि काँडा झर्दैन ” जस्ता दर्जनौ कालजयी गीतका गीतकार एवं मुक्तककार सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ कार्यक्रम लिएर आएका छन् । ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट प्रशारण हुने उक्त कार्यक्रम ‘मुक्तकको कथा’ हरेक शुक्रबार प्रसारण हुन् गइरहेको छ।

गीतकार ढुंगेल केही वर्षयतादेखि मुक्तक विधामा सक्रिय छन् । आफ्नो लेखन यात्राको सुरुवात गीतबाट गरेर उनी पछिल्लो समय मुक्तकमा सक्रिय भएका हुन् । उनका अनुसार यस कार्यक्रमलाइ ५२ हप्ता सम्म निरन्तर रुपमा संचालन गर्ने योजना रहेको बताएका छन्। 

भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यको परिकल्पना र निर्देशन रहेको ‘मुक्तकको कथा’ को छायाँकन र सम्पादन प्रणय भुजू, व्यवस्थापन समन ढुंगेल र उद्देश्य ढुंगेल तथा सहयोगी भूमिकामा रिचिन दुवाल रहेका छन् ।  भिडियोका लागि पार्श्व आवाज किरण सुवालले दिएका छन् । पिक्सेल प्रोडक्शन नेपालले यसको पोस्ट प्रोडक्शन गरेको छ ।

एक समारोह बीच यस कार्यक्रमको औपचारिक रुपमा सुरुवात गर्दै भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाही, कार्यक्रम निर्देशक अल्बर्ट बज्राचार्य र सर्जक सुवासचन्द्र ढुंगेलले भक्तपुरमा साहित्य र संगीतको विकास क्रमका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमबारे सर्जक ढुंगेलले प्रकास पार्दै ‘मुक्तकको कथा’ सुन्दा अनौठो लागे पनि मुक्तकहरु र तीनको मर्ममा आधारित कथा समेत प्रस्तुत गरिने भएकाले यो नाम राखिएको जानकारी गराएका थिए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal