eNepal

गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि त्रि-पक्षीय भिडन्त हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशमा अध्यक्षको पदका लागि त्रि-पक्षीय भिडन्त हुने भएको छ। संघको १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि अमेरिकाकी रविना थापा, रूसका बद्री केसी र बेलायतका कुल आचार्यले उम्मेद्वारी दिएका छन्।

वर्तमान उपाध्यक्ष समेत रहेकी रबिना थापाले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिकरुपमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् भने कार्यसमिति सल्लाहकार कुल आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। वर्तमान उपाध्यक्ष रसियाका डा. बद्री केसीले यसअघिनै आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका थिए।

यसैबीच केही दिन आगाडि कुल आचार्यको समूहले संस्थापन पक्षले अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा व्यापक धाँधली गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको थियो ।

अध्यक्षका उमेद्वार बद्री केसी यसलाई राजनीतिक हस्तक्षेपको रूपमा लिन्छन् । अर्का अध्यक्षका उमेदवार रविना थापाले पनि परराष्ट्रको हस्तक्षेपलाई विरोध गरेकी छन्।आजसम्म पनि निर्वाचन तोकिएकै मितिमा हुने/नहुने अन्यौल भए पनि वर्तमान कार्यसमितिले कुनै हालतमा अक्टोबर २० मै निर्वाचन गर्ने दाबी गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal