eNepal

जिलोंग नेप्लिज एसोसिएशनलाई भिक्टोरियन सरकारबाट दशहजार डलर अनुदान सहयोग

भिक्टोरिया सरकारको Priority Response to Multicultural Community (PRMC ) अन्तर्गत जिलोंग नेप्लिज एसोसिएशनलाई दश हजार डलर अनुदान सहयोग प्राप्त भएको छ। 

मेल्बर्न शहर लगाएत जिलोङ क्षेत्रपनि  कोरोनाको माहामारीसँगै लकडाउनको अवस्थामा छ। आफ्नो महत्वपूर्ण काम जारी राख्नको लागी खाध्यन्न, ताजा पकाएको खाना, किराना सामान र खाँचोमा परेका अतिआवस्यकीय सामाग्रीहरु सामुदायिक सदस्यहरुलाई वितरणमा जिलोङ नेप्लिज एसोसियसनले बिगतमा पनि सराहनीय कार्य गर्दै आएको र यसैलाई निरन्तरता दिनको लागि यो अनुदान सहयोग गरेको साउथ बारवनका MP Darren Cheesemen ले जनाएका छन्।

https://www.facebook.com/100058175075573/posts/274244431191391/?d=n

कोभिड-१९ को असरबाट बहुसांस्कृतिक समुदायमा परेको असर न्यूनीकरण गर्नका लागि कोरोना भाइरस तथा कोभिड रोकथाम, यसको भ्याक्सिनबारे सचेतना र कोभिडको नियन्त्रणका लागि राज्यद्वारा पटकपटक गरिएका लक्डाउनबाट व्यक्ति, परिवार र समुदायको मानसिक स्वास्थ्यको अवस्था र सोको न्यूनीकरणको लागि अपनाउनु पर्ने साबधानी र समुदायले गर्न सक्ने कार्यहरुको बारेमा जनचेतनामुलक कार्यक्रम आयोजना गर्नको यो अनुदान सहयोग खर्चीने जिएनएका अध्यक्ष निरज करणजितले बताउनु भयो।

जिलोङ नेप्लिज एसोसियसनले पानी सुरक्षा, मानसिक स्वास्थ्य, खेलकुद, कोभीड १९ सम्बन्धी जानकारी मुलक कार्यक्रम, खोप लगाउने कार्यक्रम लगाएत बिभीन्न साँस्कृतीक कार्यक्रमहरु समुदायमा गर्दै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal