eNepal

विनर सर्कल ग्रुपले “एन्जल अफ लाइफ” प्रोजेक्ट मार्फत बालबालिकाको उपचारर्थ आर्थिक सहयोग

अष्ट्रेलियाको सिड्नीमा रहेको विनर सर्कल ग्रुपले “एन्जल अफ लाइफ” नामक प्रोजेक्ट मार्फत नेपालमा विरामी परेका बालबालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाएको छ ।

एसएमएबाट ग्रसित बालक उस्मान अलिको सहयोगार्थ शुरु गरिएको प्रोजेक्ट मार्फत सय जनाबाट जनही सय डलर गरेर दश हजार डलर संकलन गरिएको थियो। तर सहयोग संकलन अभियानकै क्रममा बालकको दुखद निधन भएको थियो । उक्त सहयोगलाई निरन्तर्ता दिदै नेपालमा बिभीन्न रोगसँग लडि रहेका बालबालिकाहरुलाई सहयोग गरेको छ।

सहयोग पाउनेहरुमा समान मानन्धर, क्षितिज सिंह  र सफलता रानाभाटलाई जनही पाँचलाख र दुई दुई लाख गरेर कुल ९ लाख रुपयाँ उपचारका लागि सहयोग गरेको मिडियाका संस्थापक रोशन खतिवडाले जानकारी दिनुभएको छ।

विनर सर्कल ग्रुपले सिड्नीसँग अन्य राज्यमा आफ्नो ग्रुपलाई बिस्तार गर्दै गएको छ। तास्मानिया राज्यमा पनि युथलाई समेट्ने काम गर्दै अगाडी बढी रहको छ।यस मिडीया ग्रुपलाई अझ ब्यबस्थित र युथहरूलाई अझ धेरै सहभागीता गराएर छिट्टैनै युथ अनलाइन पत्रीका लिएर आउँदैछ भने स्पोर्टस क्लब पनि दर्ता भइसकेको छ। साथै गीत संगीतमा इच्छूक हुनेहरुको लागि रेकर्डीङ कम्पनी दर्ता भइसकेको खतिवडाले जानकारी गराउनु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal