eNepal

होबार्टमा दशैं धमाका म्युजीकल नाइट हुँदै

नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर विनर सर्कल तास्मानियाले ग्लोबल मार्क एजुकेसन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजनमा ‘दशैँ धमाका म्युजिक नाइट आयोजना गर्ने भएको छ ।

आगामी अक्टोबर ९ तारिखका दिन तास्मानियामा रहेका नेपालीहरूलाई एकीकृत गर्ने उद्देश्यका साथ सांगितिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

अष्ट्रेलियामा रहेका नेपालीहरूलाई उनीहरूको सांगितिक करियरमा साथी बन्दै आइरहेका विनर सर्कल त्यही कामलाई निरन्तरता दिन तास्मानियामा यो कार्यक्रम गर्न लागिएको हो । आशा छ, हामी नयाँ प्रतिभाहरूको साथी बन्न सक्छौ ।’ विनर सर्कल तास्मानियाका एड्मिन साजन परियारले भने ।

त्यसैगरी, उनले नेपालीहरूको महान चाडको रौनकलाई कायम राख्न र नेपालीहरूमाझ संगीत पस्किन तथा नेपाली व्यवसायीहरू नेपाली विद्यार्थीको साथमा छौ भन्नका लागि पनि कार्यक्रम महत्वपूर्ण छ।  ‘पोस्ट कोभिडको समयमा यस कार्यक्रमले मानसिक स्वास्थ्यमा पनि सकारात्मक असर पर्नेमा विश्वस्त छु’ ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजका सञ्चालक अरूण चित्रकार बताउनु हुन्छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal