भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।ती मध्य १०७ लिङ्क केसहरु रहेका छन्।हिजो मात्रै सङ्क्रमितको सङ्ख्या ४५० रहेको थियो।
सोहि अवधि भर ४८ हजार ६३ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ३११२ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ६२ हजार ७ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २१ हजार १ सय २७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ५ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २८ लाख ३३ हजार १ सय ५९ पुगेको छ ।

