eNepal

नारी निकुण्ज भिक्टोरियाको आयोजनामा भर्चुअल तीज कार्यक्रम सम्पन्न

नारी निकुण्ज भिक्टोरियाले सदाजस्तै यो पटक पनि तीजको अवसर पारेर भर्चुअल तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ। हालैको एनआरएनए भिक्टोरियाको चुनाब र त्यसलगतै सम्पन्न सफत ग्रहण समारोह पछि नारी निकुंज भिक्टोरियाको यो पहिलो कार्यक्रम थियो। घर-घरमा, कार्यक्रम स्थलहरुमा महिला दिदिबहिनीहरु जम्मा भएर नाच गान, रमाईलो, पिर ब्यथा साटासाट गर्दै मनाउदै आएको यो पर्ब भिक्टोरीयामा कोरोना  सङ्क्रमीत को सङ्ख्या बढेसँगै जारी लकडाउनको कारणले जूम प्रबिधीको माध्यमबाट मनाईएको थियो।

एनआरएनए भिक्टोरियाका संयोजक हरी खड्का, नेप्लिज एसोसियसन अफ भिक्टोरीया (न्याभ) का  अध्यक्ष राम गुरुङ, मेरीबिर्योङ्ग काउन्सिलको काउन्सिलर साराह कार्टर, नारी निकुण्ज भिक्टोरीयाकी निबर्तमान कोअडीनेर काजल किरणको बिषेश उपस्थिति रहेको थियो।

Sarah Carter, the mayor of Maribyrnong in Melbourne’s inner-west

कार्यक्रम नारि निकुंज भिक्टोरियाको बर्तमान संयोजक पारु सापकोटा र उप संयोजक राशी सिंह ठकुरिले गर्नु भएको थियो भने प्रविधीको जिम्मा एनआरएनए भिक्टोरियाका सचिव गणेश कँडेलले गर्नु भएको थियो।

नारी निकुण्ज भिक्टोरियाको टिम परिचय र तीज शुभकामना आदान प्रदान र कल्पना बश्याल, नीरू सापकोटा, बिना अधिकारी र रेनु पाठकको सक्रिय सहभागिता संगै सुरु भएको कार्यक्रम नीरू सापकोटा र मंजु कँडेलको तीज बिशेष नाचले तीजको माहोल सिर्जना भएको थियो भने राशी सिंह ठकुरिले कबिता मार्फत नारी सशक्तिकरणको सन्देश दिएकी थिइन्। लोक दोहोरी गायिका उमा गिरीको तीज बिषेश प्रस्तुतीले सबैलाई रमाईलो गराएको थियो। रेईशा खड्का र निरुता भोचिबोयाले कार्यक्रममा तीज बिषेस नृत्य थियो भने कार्यक्रममा एनआरएए एननसिसि, एससिसि, महिला फोरमका साथसाथै न्याभका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

सबै सहभागीहरुले नारीहरूको महान चाड तीजको शुभकामना दिदै भर्चुअल माध्यमबाट भए पनी तीज मनाऊँन पाऊदा खुसी व्यक्त गरेका थिए। कोरोना नहटे सम्म घर बस्ने, भ्याक्सिन लगाउने, कोरोना सतर्कता अपनाउने कुरामा सबैको जोड रहेको थियो।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal