eNepal

तिजको मुखमै घरमा तिजको कोशेली आईपुग्दा माइतीदेशनै बिर्साइ दियो

कोरोनाभाइरस महामारीसँगै चाडपर्व मनाउने तरिकापनि परिवर्तन भयो। कलाकारहरुको साथमा महिनौ देखीका कार्यक्रमहरु, भीडभाड, दर खाने, नाचगान गर्नेजस्ता शैलीमा क्रमशः परिवर्तन हुँदै जान थाल्यो।

मेल्बर्न शहर हाल कोरोना माहामारीका कारण लकडाउनमा छ। न साथीसँङ्गीहरु सँग भेटेर नाँच्ननै पाइएको छ न दरनै खान।तीज भने पछि एक महिनाबाटै कार्यक्रमहरु शुरु हुन्थे। भ्याइ नभ्याइ हुन्थ्यो।दुई बर्ष भयो तीज घरमै सिमीत भएको।

हरेक बर्ष दिदीबहिनी समाजको सिग्नेचर कार्यक्रम मध्यको तीज कार्यक्रम पनि कोभीड लकडाउनको कारण यस बर्ष पनि रद्द गरिएको छ। प्रत्यक्ष जमघट गरेर रमाउन नपाए पनि दिदीबहनी समाजले भर्चुअल माध्यमबाट भएपनि दिदीबहिनीलाई जोडाउन अनलाईन तीज कार्यक्रम गर्दैछ।जूम प्रबिधीबाट मनाउन लागि यस बर्षको तीजको स्लोगन “Preserving Culture-Raising Hope” रहेको छ। आज ९ सेप्टेबर बिहीबारका दिन अपरान्ह तीन बजेबाट ६ बजे सम्म हुने सो भर्चुअल कार्यक्रम नाँचगानको साथमा केही तीज नृत्यहरु सहित अन्य बिशेष प्रस्तुतीहरु पनि राखिएको छ भने समाजले तीजको कोसेली स्वरुप दिदीबहिनीहरुको घरघरमा पाँच सय बक्स दर पठाएको छ।

मेल्बर्नको पश्चिम क्षेत्रमा बसोबास गर्दै आएकी सङ्गीता पाठक दिदीहिनी समाजबाट मायाँ स्वरुप दर पाएपछि खुसी हुँदै यस्तो परिस्थितीमा घरमा तीज भाग हात पर्दा समाज विचारशिल रहेको प्रतिक्रिया दिइन्। माइत जान पाए नपाए पनि हामी छौ नी परदेशमा एक अर्का माइती जस्तो आभास दिलाई दिएको धेरै खुसी हुँदै समाजलाई धन्यबाद दिइन्।उनी भन्छि कस्तो राम्रो विचार लाग्यो।एकै ठाउँमा बसेर रमाईलो गर्न नपाए पनि घरमै आएर उपहार दिदा माइतीदेशको याद बिर्साइ दियो।

उता मेल्बर्न उत्तर क्षेत्र क्रेगीबनमा बसोबास गर्दै आउनु भएको शोभा पौडेल यसो भन्नु हुन्छ।

दिदीबहिनी समाज भिक्टोरियाले कोभीडको महामारीको कारण लकडाउन भएपनि यो पालीको तीजमा समाजबाट चेलीहरुलाई तीजको दर वितरण गर्ने कार्यक्रम भएको र आफुले दर कोसेली स्वरुप पाउँदा एक भाग्यमानी चेलीको रुपमा रहेको कुरा अबगत गराउछुँ। माईती घरको दर नखाएको पनि १३ बर्ष बितेछन् अनि यसरी अकस्मात दिदीबहिनी समाजबाट पठाइएको दर घरमै अनि दर खाने दिनमा पाउँदा मेरो ऑंखा रसाए किन कि यो दर मलाई मेरै माईती घरबाट आए झैं लाग्यो। यसको लागि म दिदीबहिनी समाज भिक्टोरीयाकी संस्थापक अध्यक्ष जमुना पराजूली दिदी लगायत सम्पूर्ण टीम प्रति म लगाएत हाम्रो क्रेगीवनमा हुनुभएको सबै दीदी बहिनीको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु।

हामी मेल्बर्न भिक्टोरीयाबासी दिदी बहिनी, दाजुभाइ, अनि हाम्रा दोश्रो पिढीहरुलाई समाजले विभिन्न चाडपर्व लगाएत अरु धेरै कार्यक्रमहरु गरेर हाम्रो मौलिक संस्कार, संस्कृति, अनि परम्परा झल्काउने रमाइला अनुभव दिलाउन सफल भैरहेको कुरा धेरैलाई अवगत नै छ।

यसबाहेक विभिन्न Suburb हरुमा Sub-commette बनाएर आफ्नो कार्यक्रम विस्तार गरि महिला, बच्चा अनि परिवारको शारिरीक, भावनात्मक ,सामाजिक भलाईका कार्यक्रम, मेकअप सेसन, जुम्बा अनि योग सत्र लगाएत महिला शशक्तिकरणका सम्बन्धित बिभीन्न सत्र, कोभीड चेतना, बिध्यार्थी भाइबहिनीहरुको लागि कोभीड राहत उपलब्ध, कोभीड भ्याक्सिन लगाउन अभिप्रेरीत, अन्तर्राष्ट्रिय महिला दिवस समारोह लगाएत अरु पनि धेरै सहयोगी कार्यक्रम गरेर सफलता प्राप्त गर्दै अधि बढिरहेको छ। 

नेपालमा यौन तथा घरेलु हिंसामा परेका महिलाहरुले भोग्न परेको जटिल र पीडादायी जीवनलाई सामान्यिकरण गर्ने लक्ष्य राखी रकम संकलन भैराखेको र यसलाई सफलिभूत तुल्याउन सहयोगी मनहरुसँग सहयोग गरिदिनुहुन आग्रह गर्दछु। 

नारीहरूको महत्वपूर्ण धार्मिक, सांस्कृतिक पर्व हो तीज, संस्कार र संस्कृतिमा निकै धनी हामी नेपालीहरूले परापूर्वकालदेखि मनाउन थालेको यो पर्वमा तिज आउनु भन्दा २/४ दिन अधि माईती घर जाने, अनि चेलीहरुले मनै छूने पिडा बोकेका गित, भावनासँगै वहकिदै आ-आफ्नै भाका र शैलीमा गाउने अनि नाच्ने गरिन्थ्यो। तर अहिले शैली र प्रकृतिमा समयसँगसँगै केही पृथकता देखिन थालेको छ।

जस्तै महिला मात्र नभएर पुरुसले पनि तीज मनाउने, महिलाका बेदना मात्र नसमेटिएर पुरुसका बेदना पनि मिसिएका गीतहरु गाउने अनि कोरोनाका गीत जस्ता समय सान्दर्भिक गीत स्वास्थ्य सचेतनासँग सम्बंधित गित गाउने प्रविर्धि आएको छ। 

तीजमा माईती घर जाने आमाको हातले पकाएको मिठो दर खाने, राम्रो लगाउने, अनि आमा, वुवा, दाजुभाइ, दिदीवहिनीसँगै नाच्ने अनि रमाउने रहर कुन चेलीमा नहोला र ? यसमा पनि बिदेशिएका थोरै चेलीको भाग्यमा मात्र यो लेखेको हून्छ अनि धेरैले जतिसुकै चाहेर पनि पाउन सकिरहेका छैनौं।त्यसमाथी पनि यो कोरोनाको महामारीले सबै दिदीबहिनी जम्मा भएर विदेशी भुमीमा रमाइलो गर्न पनि असम्भव तुल्याएको छ। कोरोना मुक्त भैएछ भने अर्कों साल फेरी तीज संगसंगै मनाऊँला !! जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोला। सबै जनालाई तीजको हार्दिक मंगलमय शुभकामना !!!

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal