eNepal

नयाँ पुस्तालाई तिज पर्व बारे जानकारी दिदै मनायो ईपिङ वलर्ट नेप्लिज् कम्युनिटीले तिज

मेल्बर्नको ईपिङ वलर्ट नेप्लिज् कम्युनिटीले तिजको अवसरमा “EWNC तिज मेला २०२१ – आफ्नै घर-दैलो संस्करण” भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम अगस्ट २८ शनिवारको दिन साँझ ५ बजे देखी जुम मार्फत सञ्चालन गरिएको थियो। कार्यक्रमको दुई दिन अगाडी नै हरेक सदस्य घर धुरीलाई  तिजको अभिवादन कार्ड, कार्यक्रमको निमन्त्रण कार्ड साथ साथै तिजको कोसेली स्वरूप महिलाले तिजमा लगाउने शृङ्गारको प्रतीक टिका, कपालमा बाँध्ने डोरी र दरको प्रतीक स्वरूप मिष्ठान्न पनि वितरण गरिएको थियो।

कोरानको कहरले पुरै राज्य लकडाउनमा भएता पनि समुदायलाई तिज पर्वको अनुभूति दिने तथा नयाँ पुस्तालाई तिज पर्व बारे जानकारी दिने हेतुले उक्त कार्यक्रम अनलाइन मार्फत सञ्चालन गरिएको थियो।  

विभिन्न मनोरञ्जनात्मक क्रियाकलापले भरिएको कार्यक्रममा EWNC बाल वाटिकाका नानीबाबुहरूले तिज पर्व मनाउँदा गरिने क्रियाकलाप र यसको महत्त्व बारेमा बताएका थिए।

सामूहिक नृत्य, एकल नृत्य, ट्रिभिया क्विज, बिङ्गो, बेस्ट ड्रेस लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरूले भरिभराउ कार्यक्रममा एक जना ज्येष्ठ नागरिक आमाले ठेट तिज भाकामा प्रस्तुति दिनु भएको थियो।

कार्यक्रमको प्रायोजकको रूपमा न्यु कन्सेप्ट फाइनान्स, सोलार रन  व्हिटेल्सि र बम्बे रियल स्टेट रहेको थिए।

कार्यक्रमका प्रस्तुतिहरु फेसबुकको यो प्ले लिस्ट मार्फत हेर्न सकिन्छ

 https://www.facebook.com/watch/159733088122370/150401827179594/

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal