eNepal

ग्रेटर जिलोंग नेप्लिज समुदायको भर्चुअल तीज, जूममा जोडीएर दिईन एमपीले शुभकामना

नेपाली महिलाहरुको महत्त्वपूर्ण चाडको रुपमा रहेको तीज पर्व स्वदेशमात्र नभइ विदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ। अस्ट्रेलीयाको भिक्टोरीया राज्य अन्तर्गत ग्रेटर जिलोंग र बारवन क्षेत्रमा रहेका नेपालीहरुले पनि गएको आइतबार ५ अगस्टमा दक्षिण बारवन र ग्रेटर जिलोंगमा बसोबास गर्ने नेपाली र बहुसांस्कृतिक समुदायको साथ भर्चुअल रुपमा तीजको दर खुवाउँदै नेपाली कला संस्कृतिलाई बहुसांस्कृतिक समुदाएमाझ चिनाउने अभिप्रायका साथ अनलाइनबाट तीज मनाएका छन् ।

दरखाँदै तीजका रमाईला भाकामा आ आफ्नो घरबाट जुम प्रबिधी मार्फत छमछमी नाँच्दै तीजको शुभकामना आदनप्रदान गर्दै मनाएका थिए।मेल्बर्नमा जारि लकडाउनको कारण सामुहिक स्तरमा यो बर्ष तीज मनाउन नमिले पछि समाजले भर्चअल तीज कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. संतोष पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने मुख्य अतिथिहरुमा Honourable MP Christine Couzens (State Member for Geelong, Victorian State Parliament), अतिथिमा Yan Lin (Director Hayeswinckle Geelong), ज्ञानेन्द्र उप्रेती (VMC Advisor Barwon SW Regio) लगाएत अन्य अतिथीले स्वागत मन्तव्य राखेका थिए।

अध्यक्ष डा. पाण्डेले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको बारे संक्षिप्त परिचय दिदै समुदायको सदस्यहरु बीच सामाजिक बन्धन र एकता सिर्जना गर्न र प्रवासमा हुर्किदै  गरेका दोश्रो पुस्ताहरुलाई आफ्नो मौलीक कला, पर्व अनि सांस्कृतिक प्रथा हस्तान्तरणमा यस्ता कार्यक्रमको बिशेष  महत्व खेल्ने बताउनु भयो।कोविड १९ महामारीको कारण भर्चुअल गरीएको र एक सामुदायको सदस्यको रूपमा राज्यलाई कोभिड मुक्त गराउन समुदाएलाई खोप लगाउन समेत अनरोध गर्नु भयो।

कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद Cristine Couzens ले  द ग्रेटर जिलोंग नेप्लिज समुदाय द्वारा गरीएको सामाजिक समुदाय गतिविधिहरुको प्रशंसा गर्दै वितरित विशेष खाना (Darr) को लागी आभार व्यक्त गरिन्। सांसद कुजेन्सले यस महामारीको स्थितिमा बहुसांस्कृतिक समुदायहरु एकसाथ जुटेको देख्दा आफु खुसी भएको बताउँदै लकडाउन सकिएपछि सबैसँग भेट्न उत्सुक रहेको बताइन्।

कार्यक्रममा रुची अर्यालले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने अनलाइन बिंगो, हरितालिका तीजको बारेमा हाजिरीजवाफ सन्चालन गरिएको थियो। कोभीड महामारीको बेला अन्तरास्ट्रिय बिधार्थीहरुलाई निरन्तर राहत सहयोग गरे बापत लालीगुराँस ग्रोसरी, ग्लोबल कन्सल्टीङ यान लिन (Director Hayeswinckle Geelong), बेटर च्वाईस र समुदायलाई प्रभावकारी ढंगले कोभिड १९ खोप लगाउन मद्दत गरेकोमा प्रशंसाको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यकारी सल्लाहकार डा. असीम श्रेष्ठले अनलाइन बिंगो, हाजिरीजवाफ र लकी ड्रका  विजेताहरुलाई बधाई दिदै प्रशंसाको प्रमाणपत्र दिए। कार्यक्रमको संचालन समुदाएकी कार्यकारिणी सदस्य अनामिका श्रेष्ठले सन्चालन गरेकी थिइन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal