eNepal

अमेरिकाको न्यूयोर्कमा आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ ।

आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका आङ गेलु शेर्पा लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ शेर्पा लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ ।

https://www.facebook.com/100518453408606/posts/4131353026991775/?d=n

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् ।

समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र न्यूजर्सी राज्यमा भारी वर्षा भएको छ । यो अस्वाभाविक भएको मौसमविदहरुले बताएका छन् ।

न्यूजर्सीमा २३ जना, न्यूयोर्कमा १४ जना, पेन्सलभेनियामा ३ जना र कनेटिकटमा एकजनाको मृत्यु भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्यूयोर्कका सडकहरु डुबानमा परेका छन् । धेरैजसो रेल सेवा अवरुद्ध भएको छ । हवाई उडानहरु पनि रद्द गरिएको छ ।

न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा मृत्यु भएकाहरुमध्ये धेरैजसो पानीको सतह बढेपछि आफ्नै सवारीसाधनमा फसेकाहरु रहेको बताएका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal