भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ८३ केस लिङ्क केसहरु रहेका छन्।
सोहि अवधि भर ४८ हजार ३ सय ७२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १०२९ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९५ लाख ९९ हजार २ सय ७ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार ४ सय ६५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार ७ सय २० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २४ लाख ८३ हजार ३ सय ९६ पुगेको छ ।

