eNepal

एनआरएनए अष्ट्रेलिया एक्सिलेन्सी अवार्ड हुँदै, ७ सेप्टेम्बर सम्म मनोनयन गरी सक्नु पर्ने

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अस्ट्रेलीयाको नेपाली समूदायमा महत्वपूर्ण योगदान, उत्कृष्ट प्रदर्शन वा असाधारण उपलब्धिहरु हाँसील गर्ने व्यक्ति बिशेष, समुदाए र संगठनहरुलाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको एनआरएनए अस्ट्रेलीया एक्सिलेन्सी अवार्ड आउँदो १८ सेप्टेम्बरका दिन आयोजना हुँदै गरेको एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय सम्मेलन को अबसर पारेर प्रदान गर्ने भएको छ। 

स्टुडेण्ट अफ द इयर (उच्च माध्यमिक तह र विश्वविद्यालय स्तर), स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी र १८ वर्षभन्दा माथी), नेपलिज कल्चरल एम्बास्डर अफ द इयर र एनआरएनए अष्ट्रेलिया युथ पर्सन अफ द इयर अवार्ड, एनआरएनए अष्ट्रेलिया ओमन अफ द इयर, एनआरएनए अष्ट्रेलिया अफ द इयर, फ्रेण्डस् अफ नेपाल अफ द इयर (नेपाली समुदायको लागि सेवा गरेका तर नेपाली मूलका नभएकाहरुका लागी), विजनेस पर्सन अफ द इयर,  कम्युनिटी सर्भिस पर्सन अफ द इयर, अर्गनाइजेसन अफ द इयर, मिडिया पर्सन अफ द इयर, स्टेट पर्सन अवार्ड (अधिकतम ३ व्यक्तिहरु), एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनालाई गरेर १५ विधामा यो अवार्ड प्रदान गरिन्छ। 

अवार्डको लागि सिफारिस दर्ता अनिबार्य रहेकोले अगष्ट २९ देखि सेप्टेम्बर ७ तारिखभित्र अवार्डका लागि नेपाली समूदायमा महत्वपूर्ण योगदान, उत्कृष्ट प्रदर्शन वा असाधारण उपलब्धिहरु हाँसील गर्ने व्यक्ति बिशेष, समुदाए र संगठनहरुको नाम सिफारिस गर्न सकिनेछ।

आफुलाई योग्य लागेको व्यक्तिलाई कारण सहित मनोनयन गर्न सक्ने प्रावधान पनि गरिएको छ जसका लागि तलको लिङ्कमा सबै विवरण भरेर [email protected] मा पठाउन पर्नेछ।साथै अवार्ड छनोटका लागि नियमबारे थप जानकारी यहाँ रहेको छ।

https://cms.nrn.org.au/documents/document/2021-07-09-141348.pdf

 

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal