भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ५२ केस लिङ्क केसहरु रहेका छन्।हिजो मात्रै ९२ केस देखिएको थियो।
सोहि अवधि भर ४१ हजार ३ सय ९५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ८०५ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९४ लाख ५० हजार ९ सय १३ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार ३ सय २८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २६ हजार ७ सय २ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २३ लाख ८३ हजार १ सय ७७ पुगेको छ ।

