eNepal

एनआरएनए नर्दन टेरीरोरीको नवनिर्वाचित टिमले गर्यो क्यान्सर पिडितलाई आर्थिक सहयोग

एनआरएनए अस्ट्रेलिया नर्दन टेरीटोरीको नव निर्वाचित टिमले तनहुँ पुलिमराङका क्यान्सर पिडित ३२ वर्षिय प्रकाश गुरुङलाई ४ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ । हाल चितवन भरतपुर १८ गुन्जानगर बस्दै आएका क्यान्सर पिडित गुरुङको उपचारको लागी अस्ट्रेलियाबाट उक्त रकम सहयोग हस्तान्तरण गरेको हो।

एनआरएनए एनटिका  बर्तमान उपाध्यक्ष सन्जिव  ढकाल (गोर्खाली) को नेतृत्वमा उक्त रकम जम्मा गरिएको थियो।

उक्त रकम संकलन गर्न  सहयोग गर्ने एनआरएनए एनटिका अध्यक्ष  बिष्णु चापागाई संगै अन्य सम्पूर्ण पदाधिकारीहरु, समाजसेवी जगत थापा संगै सम्पूर्ण अस्ट्रेलियाबासी बिशेषतह: डार्विनमा रहनु हुने सबैलाई  उपाध्यक्ष सन्जिव  ढकाल (गोर्खाली) धन्यबाद दिनु भएको छ।

भरतपुर न.पा. वार्ड न. १८ मा अवस्थित उनकै निवासमा गई नेपाली काङ्ग्रेस चितवनका पुर्व सभापति टेक प्रसाद गुरुङ, भरतपुर १८ का वडा अध्यक्ष दिपक लामा,समाजसेवी भैरव प्रसाद ढकाल, नेपाली कांग्रेस भरतपुर ५ वार्डका सभापति विष्णु प्रसाद धिताल र शिक्षक संगठन चितवनकी उपाध्यक्ष सिता शर्मा ढकालको बिशेष उपस्थितिमा जननी चार लाख रकम हस्तान्तरण गरिएको थियो।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal