eNepal

नेपाल र अस्ट्रेलीयामा पहिलो पटक धार्मिक पुजा सामाग्री अव एकै ठाउँमा उपलब्ध

नेपाल र अस्ट्रेलीयामानै  पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाउने सुविधा उपलव्ध हुने भएको छ।विभिन्न धार्मिक,सांस्कृतिक तथा रितिरिवाजमा चाहिने पुजा र धार्मिक समग्री सुलभ तरिकाले उपलव्ध गराई सेवा दिने उद्देश्यले धार्मिक ई–कमर्श प्लेटफर्म मार्फत गुरुमञ्जरी समूहले शुक्रबार सेवा सुरु गरेको छ।

सो समुहले पूजा गर्दा कुनै सामग्रीको कमि नहोस भन्ने उद्देश्यले विदेशमा समेत सेवा दिनेगरी शुक्रबार सेवा सुरु गरेको हो।समुहले विशेषगरी विभिन्न साईजका नेपाली कलात्मक घरमा राख्ने मन्दिर,तुलसीको मोठ (महिरो),विवाह,व्रतबन्ध,क्रियाकर्म,नामाकरण (न्वारान),घरपूजा, शिलान्यास,नवग्रह,जन्मोत्सव,सत्यनारायण पूजा,श्राद्द सामग्री,सम्पूर्ण पूजाभाडा सेट,चाडपर्व विषेश सामग्रीहरु उपलव्ध गराउने जनाएको छ।

त्यस्तै (दुर्गा पूजा) का लागी जमराको जौदेखि सम्पूर्ण सामग्री, हरितालिका पूजा,लक्ष्मीपूजा (सप्तरङ्गी र मखमली माला सहितको टीकादेखि लक्ष्मीपूजाको सम्पूर्ण सेट),नेवार समुदायमा प्रयोग गरिने म्हः पूजा सामग्री सेट,र अन्य धार्मिक प्रयोजनको लागि प्रयोग हुने पूजा सामग्रीहरु पनि उपलव्ध हुनेछन्।

विशेषगरी अरु समग्र सामग्रीहरुमा ब्राण्ड ईक्युटी पाइने भएपनि धार्मिक क्षेत्रमा भने कुनै ब्राण्डिङ नभएकोले यसको सुरुवात पनि आफुहरुले गर्ने प्रयास गरेको

कम्पनीका कार्यकारी प्रमुख हरिहर ढुङ्गानाले बताए।उनले यसबाट पूजाको लागि यजमानलाई सामग्री किन्ने तथा छनौट गर्ने समस्या रहदैन तथा पूजा गराउने पण्डित गुरुजीहरुलाई पनि चाहिने सबै सामग्री एउटै बट्टामा पाउदा धेरै सजिलो हुने विश्वास व्यक्त गरे।

साथसाथै गुरुमञ्जरीद्वारा धार्मिक अनुष्ठानहरुमा प्रयोग हुने शाकाहारी क्याटरिङ सेवा पनि दिइने उनले जानकारी दिए । साथै विदेशमा रहेका हरुका लागी अन्य प्याकेज कार्यक्रमहरु पनि रहेको छ।

विदेश वा स्वदेशमा रहने छोराछोरीहरुले आमाबुवाहरुलाई जन्मोत्सव,विवाह वर्षगाठ -Marriage Anniversary_) जस्ता अवसरहरुमा एक दिने,तिन दिने,सात दिने धार्मिक तिर्थयात्राका प्याकेजका कार्यक्रमहरु छन्।जसमा यात्राका क्रममा धार्मिक क्षेत्रका विभिन्न व्यक्तिहरुद्वारा भजन,प्रवचन,तथा सम्बन्धित तिर्थहरुको महिमाले पनि आनन्दित गराईनुको साथैयसको लागि अनलाईनबाटै टिकट बुकिङ व्यवस्था गरिएको कार्यकारी प्रमुख ढुङ्गानाले जानकारी दिए।

समुहले अष्ट्रेलिया,अमेरिका लगायतका देशमा परिक्षण व्यापार सफल भएको जनाएको छ।समुहका उत्पादित सामग्रीहरु ति देशका नेपाली सुपरमार्केटहरु तथा विदेशमा नेपालीका ग्रोसरी सपहरु तथा commarce website मा उपलब्ध हुनेकुरा अष्ट्रेलियाका कार्यकारी प्रमुख पंडित प्रकाश ढोडारीले जानकारी दिए।

भर्खरै सेवा सुरु गरेको सो समुहले Women Empowerment मा पनि टेवा पुर्याउने बताएको छ।हाल कम्पनीमा कार्यरत श्रमीक मध्ये ७० प्रतिशत महिला रहेको भन्दै आफुहरुको यस प्रयासले WomenEmpowerment मा सहयोग पुग्ने मार्केटिङ विभाग प्रमुख निगुमा पुरीले बताइन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal