eNepal

न्याभले बिभीन्न संस्थासँगको सहकार्यमा कोभिड सम्बन्धी जानकारीमुलक कार्यक्रम गर्दै

नेप्लिज एशोसियसन अफ् भिक्टोरियाले एनआरएनए भिक्टोरिया , एएनएमसी, फेन्का भिक्टोरिया तथा भिक्टोरियाका सम्पुर्ण नेपाली सँघसँस्थाहरूको सहयोगमा नेपाली समुदायलाई लक्षित गरेर कोभिड महामारी रोग सम्बन्धी जानकारीमुलक कार्यक्रम आयोजना गर्ने भएको छ।

भर्चुअल माध्यमबाट गर्न लागिएको अनलाईन सत्रको मध्यस्तकर्ता डा. राजु अधिकारीले गर्दै हुनुहुन्छ भने प्यानलिस्टहरुमा डा. बि.के सुवेदी, डा. समृद्धी अधिकारी, डा. चन्द्र दिपक पोखरेल हुनुहुन्छ। 

न्याभले भिक्टोरिया राज्य सरकारको सहयोगमा बिभिन्न चेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आएको छ।हाल विश्वलाई नै आक्रान्त बनाइ कसरी बच्न सकिन्छ र यसबाट बच्न हामीले के के सावधानी गर्न पर्छ भन्ने बिषसमा यो सत्र केन्द्रित रहने आयोजकले बताएको छ।

कोभिडबाट बच्न साधरण ज्ञानमात्र पनि हाँसिल गर्न सक्यौँ र त्यसको रोकथामको लागि नियमहरू पालना गर्यौँ भने पनि केहि हदसम्म सुरक्षित हुन सक्ने कुरा विश्व स्वास्थ्य सँगठनले पनि पुष्टी गरिसकेको अवस्था छ । तसर्थ न्याभले हाम्रो आफ्नो मात्रृ नेपाली भाषी बिज्ञ चिकित्सकहरूको टोलीलाई समेटेर यो कार्यक्रम ल्याउँन लागेको न्याभका अध्यक्ष  राम गुरुङले जानकारी गराउनु भयो।

यो कार्यक्रममा नयाँ कोभिड रोगको बिस्तृत जानकारी लगायत त्यसको अनुसन्धानमा लागिरहनु भएका नेपाली चिकित्सकहरूको टोलीबाटै जानकारी लिन सकिनेछ।

यो रोगको बिरूद्दमा हुने चेतनामुलक कार्यक्रममा सहभागिता जनाई हातेमालो गरेर सबैलाई प्रोत्साहन गरौँ ।यस कार्यक्रम आगामी आइतबार २९ अगस्ट साँझ ७ बजेबाट जुम प्रविधी मार्फत जोडीन सकिनेछ।

Zoom link:

View the Link

Meeting ID: 879 2714 5540

Passcode: 424983

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal