भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ६७ केस लिङ्क केसहरु रहेका छन् भने ३९ केस क्वारेन्टाइनमा रहेका केसहरु रहेका छन्।
सोहि अवधि भर ५६ हजार २ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ६०० रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९२ लाख ३७ हजार ७ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार २ सय ५६ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ हजार ९ सय ३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २२ लाख ५४ हजार ५५ पुगेको छ ।

