eNepal

सोर्ह बर्ष माथीका सबै भिक्टोरीयनले भोलीबाट खोप लगाउन पाउने

प्रिमियर ड्यानिएल एन्ड्रूजले भिक्टोरियामा भोलि बिहान ७ बजेदेखि कोरोनाभाइरसका ८३०,००० मात्रा खोपहरु लिन भिक्टोरीयनहरुको लागि खुल्ला हुने बताएका छन्।

भोली बुधबार २५ अगस्टबाट १८ बर्ष भन्दा माथिकाले कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउन सक्नेछन्।

आगामी पाँच हप्ता भित्रै १० लाख डोज खोपको लक्ष्य रहेको प्रिमियर एन्ड्रूजले मेलबर्नमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्।साथै १६-३९ वर्ष उमेर समूहका युवाहरू फाइजर खोपका लागि योग्य रहेको जनाएका छन्।पोल्यान्डबाट अस्ट्रेलिया ल्याइएका १० लाखभन्दा पनि बढी खोपका केही भाग राज्य सरकारले पाउनेमा अब आफूहरू विश्वस्त रहेको भन्दै ती बुकिङ खुल्ला गरिइएको बताएका छन्।१६ बर्ष देखी ५९ बर्ष उमेर समुहका १.७ मिलीयन भिक्टोरीयनले खोप लगाइ सकेका छन।

भिक्टोरीया राज्यद्वारा संचालित केन्द्रहरुमा तीन नयाँ ड्राइभ थ्रु खोप साइटहरु थपीएको छ। ब्रोडमिडोजमा रहेको फोर्डको कारखाना, स्प्रिङभेलमा सेनडाउन रेसकोर्स र वेरेबीमा रहको ईगल स्टेडियम सामेल गरिएको छ।

भिक्टोरियनहरुलाई आफ्नो खोपको लागि बुक गर्न www.coronavirus.vic.gov.au मा कोरोनाभाइरस हटलाइन 1800 675 398 मा सम्पर्क गरेर बुक गर्न सकिने छ।

थप जानकारीको लागि https://www.coronavirus.vic.gov.au/ 

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ४० केस लिङ्क केसहरु रहेका छन् भने १० मिस्ट्री केसको अनुसन्धान भइरहेको छ।

सोहि अवधि भर ४८ हजार ४ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ५२२ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९१ लाख ८४ हजार ४ सय ४६ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यसैगरी हालसम्म २० हजार २ सय १२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ हजार ८ सय १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २१ लाख ८७ हजार ६ सय ५६ पुगेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal