भिक्टोरिया, अस्ट्रेलिया । भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।ती मध्य ४९ केस लिङ्क केसहरु रहेका छन्।
सोहि अवधि भर ४६ हजार ४ सय ४६ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या ४९४ रहेको छ । स्वास्थ्य विभागका अनुसार अहिलेसम्ममा ९० लाख ८९ हजार ५ सय ७६ जनाको कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म २० हजार १ सय ९५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २२ हजार १ सय ९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या २१ लाख ५७ हजार ७ सय ७७ पुगेको छ ।

