eNepal

न्युसाउथवेल्सले भिक्टोरीयाको रेकर्ड तोड्यो, एकै दिन ८२५ कोरोना सङ्क्रमित

भिक्टोरिया, अस्ट्रेलिया । न्युसाउथवेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ|

सिड्नीको हन्सबी कुरीन्गाई अस्पताल नर्दन सिड्नीका ९० वर्ष र ८० वर्ष उमेर समुहका दुई पुरुषको मृत्यु भएको छ भने साउथ वेस्ट सिड्नीका ९० वर्ष उमेर समुहकी एक महिलाको लिभरपूल अस्पतालमा निधन भएको छ।

नयाँ केसहरु मध्ये १४९ केसहरु क्लस्चरसँग जोडीएका छन्। ११६ केसहरु घरेलु सम्पर्क र ३३ नजिकको सम्पर्कसँग जोडीएको छ।५१६ जना अस्पतालको शैयामा छन् ८५ जना आइसियुमा रहेकै छन्।

सोहि अवधि भर १ लाख २४ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्ममा १ करोड १५ लाख ९६ हजार ९ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५० हजार २ सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५७ लाख ४२ हजार २ सय ११ पुगेको छ ।

न्यू साउथ वेल्स राज्यमा लकडाउनको अवधिलाई एक महिना थप गरिएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal